24 September 2023  |   सोमवार, अशोज ८, २०८०

एमालेको चुनावी गतिविधि तीव्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४  

कोहलपुर, २१ जेष्ठ   / असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचार प्रसार तीव्र बनाएको एमालेले विभिन्न चुनावि गतिविधिहरुलाई तीव्रता दिइरहेको छ ।
अहिले एमालेले चुनावी अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताएको छ ।
चुनावी कार्यक्रम अन्तर्गत एमालेले शनिबार कोहलपुर नगरपालिकाको वडा नम्वर ६, १०,१२ र १३ मा चुनावि सभा सम्पन्न गरेको छ । चुनावी सभासँगै र्यालि र घरदैलो कार्यक्रम समेत सम्पन्न भएको एमाले कोहलपुरले बताएको छ ।
मेयरका उम्मेद्वार लुटबहादुर रावतले परिपक्व विकास निर्माण मार्फत कोहलपुरको मुहारमा कायापलट हुने बताए । कोहलपुरमा समस्याको रुपमा देखिएको अव्यवस्थित बसोबास, लालपुर्जाको समस्या सबै भन्दा पहिला सम्बोधन गर्ने, नगरपालिकाबाट प्रदान हुने सेवा सुविधा समेत नागरिक मैत्री बनाउँदै स्थानिय सरकारको प्रत्याभुति दिलाउने बताए ।
यस्तै उपमेयरका उम्मेदवार कृष्ण कुमारी थारुले थारु,जनजाति,महिला र पछाडि पारिएकाहरुको अधिकार स्थापित गराउन लागि पर्ने बताउँदै दुई दशक पछि हुन लागि रहेको स्थानिय तह निर्वाचनबाट एमालेका उम्मेदवारहरुलाई जितायमा जनपक्षिय नमूना कामको सुरुवात गर्ने उद्घोष गरिन ।
चुनावी सभालाई नेकपा एमालेका नेता तथा सांसद देवराज भार, एमाले बाँकेका सचिवालय सदस्य तथा कोहलपुर नगर समयोजक बसन्ती अधिकारी, जिल्ला सदस्य कुलबहादुर भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४     2:03:22 PM  |