मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४
संसद सचिवालयले नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा २१ जेठ ११ बजे निर्वाचन हुने जनाएको छ ।
प्रधानमन्त्री पदका लागि उमेदवारी दिने समय भोलि २० जेठ बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ। सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समय तोकेको व्यवस्थापिका संसद
सचिवालले जनाएको छ।