21 June 2021  |   सोमवार, असार ७, २०७८

विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४  

कोहलपुर, १९ जेष्ठ   / बाँके विनौना ८ चाचाफर्कका अति विपन्न परिवारका दुई जना विद्यार्थीलाई बिहीबार पढाई खर्चबापत रकम हस्तान्तरण गरिएको छ । आफ्नै विद्यालयमा काम गर्दै पढाई खर्च जुटाउने भुँवर भवानी उच्च माविमा अध्ययनरत दुई बालिकालाई अष्ट्रेलियामा कार्यरत श्री वास्तोलाले पढाई खर्च बापत हरेक बर्ष १५÷१५ हजारका दरले पढाई खर्च दिने वाचा गरेका
थिए ।
पढाईका लागि मजदुरी भन्ने शिर्षकको समाचार बाहिर आएपछि वास्तोलाले दुई जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाई खर्च बेहोर्ने प्रतिवद्धता जनाएका थिए । कान्तिपुरकर्मी ठाकुरसिह थारुले लेखेको समाचार आएपछि वास्तोलाले भुवर भवानी उमाविमा कक्षा ६ मा अध्ययनरत एलिसा थारु र सोही विद्यालयमा अध्ययनरत अन्जना थारुलाई पढाईको लागि रकम दिएका
हुन् ।
बिहीबार एक कार्यक्रमका बीच सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापा र कान्तिपुरका मध्यपश्चिम व्युरो प्रमुख जनक नेपालले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     12:50:01 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *