15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४  

कोहलपुर, १५ जेष्ठ   / कोहलपुरस्थित तक्षशिला एकेडमीमा आइतबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सय बढी विद्यार्थीहरुले स्वास्थ्य चेकजाँच गराएका थिए ।
बालरोग विशषज्ञद्वय डा. विशाल त्रिपाठी र एपी धानीले विद्यार्थीहरुको सम्पूर्ण स्वास्थ्य चेकजाँच गरेका थिए । चरक हस्पिटल एण्ड रिसर्च सेन्टरका रिजनल म्यानेजर तथा तक्षशिला एकेडमीका शेयर सदस्य रामु गौतमको संयोजकत्वमा शिविर भएको थियो ।
विद्यालयमा वर्षमा ४–५ पटकसम्म अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिने एकेडमीका प्रबन्ध निर्देशक कमल पछाईले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     12:02:31 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *