9 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

बाँकेमा चुनावी रौनक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४  

कोहलपुर, १० जेष्ठ / जेष्ठ ३१ गते गर्ने भनिएको दोश्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा बाँकेमा चुनावी रौनक छाएको छ । विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारहरुलाई जिताउनको लागि प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
एमाले
नेकपा एमालेका उम्मेदवारहरुले आ–आफ्ना ठाउँमा चुनावी गतिविधिलाई तीब्रता दिएका छन् । मंगलबार जिल्लाका सबै तहका उम्मेदवारहरुले आ–आफ्ना ठाउँमा घरदैलो, भेटघाट, मोटरसाइकल ¥याली, कोणसभाजस्ता चुनावी गतिविधिहरु गरेका छन् ।
कोहलपुर नगरपालिकामा टोल सभा र ¥यालीहरु निकालिएको छ । वडा नं. १२ चप्परगौडीमा टोल सभा र वडा नं. ११ कोहलपुर बजारका गल्ली–गल्लीमा ¥याली निकालिएको थियो । मेयरका उम्मेदवार लुटबहादुर रावतले झण्डा, टोपी र चुनावचिन्हसहित सडकमा निस्केका नेता तथा कार्यकर्ताले मत माग्दै हिडेको बताए ।
खजुरा गाउँपालिकाको वडा नं. २ सीतापुरमा घरदैलो गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार किस्मतकुमार कक्षपतिसहितको एमाले कार्यकर्ताले सीतापुरमा घरघरमा पुगेर मत मागेका हुन् ।
राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकल ¥याली निकालिएको छ । एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, सचिवालय सदस्य सूर्य ढकाल, प्रेम भूसालको उपस्थितिमा बैजापुरदेखि फत्तेपुरसम्म मोटरसाइकल ¥याली निकालिएको थियो ।
जानकी गाउँपालिकाको वडा नं. ६ गनापुरमा घरदैलो गरिएको छ । गाउँपालिकाका प्रमुख रामनिवास यादवले साईगाउँमा वडा कमिटिको बैठकदेखि खजुराखुर्दमा समेत मंगलबार नै घरदैलो गरिएको बताए ।
डुडुवा गाउँपालिकामा समाजका अगुवासँग भेटघाट गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार सकिल अहमद खाँले वडा नं. ३ बाबुपुरुवाका अग्रजहरुसँग भेटघाट गरेको
बताए ।
नरैनापुर गाउँपालिकामा पनि उम्मेदवारले प्रचार प्रसारलाई अगाडि बढाइरहेका छन् । गाउँपालिका प्रमुखका उम्मेदवार विक्रम यादवले मंगलबार गंगापुरमा भेटघाट र प्रचार प्रसार गरेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको मनिकापुरमा पार्टीले चुनावी गतिविधि गरेको छ । मेयर र उपमेयरका उम्मेदवार ‘छनौट’ भइनसकेकाले नगरका वडाहरुमा पार्टीले चुनावी गतिविधिहरु गरिरहेको एमाले, बाँकेका उपसचिव प्रमोद धितालले जानकारी दिए ।
माओवादी केन्द्र
बाँकेमा नेकपा माओवादी केन्द्रले निर्वाचन केन्द्रित घरदैलो अभियानलाई जारी राखेको छ । पछिल्लो समय नेपालगंज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, बैजनाथ, खजुरा, डुडुवा, राप्ती सोनारी, नरैनापुर लगायतका विभिन्न ठाउँमा नेता तथा कर्ताहरु सक्रिय रुपमा जनता माझ पुगिरहेका छन ।
कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार, उप–मेयरका उम्मेदवारका साथै वडा अध्यक्ष तथा सदस्यहरु कोहलपुर नगरभित्रका मतदातालाई भेट्न ब्यस्त देखिन्छन् । घरदैलो अभियानका क्रममा नगरका सबै वडाका जनताहरुसँग भेटघाट गरिरहेको मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले जानकारी दिए ।
न्यौैपाने सहितको टिम पछिल्लो समय गाउँ केन्द्रित भएको छ । नगरभित्रका मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै न्यौपानेले कोहलपुर विकासको स्पष्ट खाका सहित आफु चुनावी मैदानमा होमिएको बताउँदै आएका छन् ।
जनमोर्चा राष्ट्रिय जनमोर्चा बाँकेले दोस्रो चरणको स्थानीय तहको चुनाव केन्द्रित चुनावी गतिविधि तीव्र बनाएको छ । जिल्लाका सबै गाउँ तथा नगरपालिकाका वडावडामा जन भेटघाट, पर्चा पम्पलेट वितरण, कोण सभा, छलफल र घरदैलो कार्यक्रम समेत संचालन गरेर भोट मागिरहेको छ ।
वैजनाथ गाउँपालिकाको सम्झना बजार, ७ गते कोहलपुर नगरपालिका वार्ड नं १२ र ८ गते वार्ड नं १ मा कोणासभा गरिएको छ । सभालाई राजमो बाँके अध्यक्ष गौरीलाल कार्की, सल्लाहकार भिमप्रसाद देवकोटा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४     12:25:39 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *