21 June 2021  |   सोमवार, असार ७, २०७८

ब्युटिपार्लर तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४  

३ महिने ब्युटिपार्लर तालिम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
लक्षित वर्ग विकास कार्यक्रम अन्र्तगत सीप विकास सम्वन्धि तालिम रुसुफ नेपालको आयोजनामा तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहोगमा सञ्चालन गरीएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँकेका सदस्य दिनेश ठाकुरले तालिम लिएर घरमै प्रमाणपत्र राख्नुभन्दा सिकेको ज्ञानलाई व्यहारीक रुपमा व्यवसाय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।  नेपालगञ्ज उप–महानगरपालिकाका सामाजिक शाखाका क्रमचन्द्र आदाव, उपमहानगरपालिकाका अनुगमन समितीका ज्ञान मोहन ररन, १६ नम्बर वडा नागरिक मञ्चका संयोजक हरिबाबु घिमिरे लगायतको तालिमको महत्वको बारेमा आफ्ना भनाइ राखेका थिए ।
मधेशी था मुस्लिम समूदायका दुइ समूहमा विभानजन गरी ८० जना किशोरीहरुलाई तालिम दिएको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४     1:52:13 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *