23 June 2021  |   बुधबार, असार ९, २०७८

कोहलपुरमा शिक्षक नायक गोष्ठी सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४  

कोहलपुर, ६जेष्ठ / जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय नेपालगंजको आयोजनामा भएको गोष्ठीमा ४१ वटा विद्यालयले सहभागीता जनाएका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद् सिद्धिकी, नेरेसो उपशाखा कार्यालयका सभापति नारायण प्रसाद गौडेल, लगायतको उपस्थिती रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय प्रमुख निरञ्जना मल्लका अनुसार बाँके जिल्लाका प्रत्येक सामुदायीक तथा निजी विद्यालयमा नियमीत अतिरीक्त क्रियाकलाप संचालन गरिएको छ ।
साथै विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ समस्या आएका निःशूल्क प्रथामीक उपचारको लागि औषधि वितरण गरिएको उनले बताइन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     12:34:53 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *