27 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

कक्षा ११ संचालन अनुमति माग्ने विद्यालय बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४  

कोहलपुर, ५ जेष्ठ / कक्षा १२ सम्मलाई माध्यामिक तह बनाइएपछि कक्षा ११ को अनुमति माग्ने विद्यालयहरुको संख्या बढ्दै गएको छ । कक्षा १० सम्म मात्रै अनुमति पाएका विद्यालयहरुले कक्षा ११ को अनुमति माग्न थालेका हुन् ।
बाँकेमा १४ वटा स्कुलले कक्षा ११ सञ्चालनका लागि अनुमति माग गरेका छन् । अनुमति माग गरेका विद्यालयहरुको फाइल जिल्ला शिक्षा कार्यालय बाँकेले क्षेत्रमा पठाएको छ । जिल्लामा गठन गरिएको तीन सदस्यीय टोलीले आधारभुत पुर्वाधारको अध्ययन गरेर फाईल क्षेत्रमा पठाइएको जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले बताए ।
दश कक्षा सम्म आफ्नो स्कुलमा पढेका विद्यार्थीलाई एघार र बाह्र कक्षा पनि पढाउने योजना स्कुलहरुले बनाएको सम्बान्धित स्कुलका प्रधानाध्यापकहरुले जनाएका छन् । नेपालगञ्ज, कोहलपुर तथा खजुरा क्षेत्रका विद्यालयहरुको बढी निवेदन आएको जिल्ला शिक्षा कार्यालय बाँकेका अधिकृत मनप्रसाद रेग्मीले बताए ।
यस्तैगरी सरकारी तथा सामुदायिक विद्यालय भन्दा निजी क्षेत्रका विद्यालयहरुको निवेदन आएका छन् ।
निवेदन दिनेहरुमा आइडिएल स्कुल नेपालगञ्ज, बाल विकास इमि स्कूल मानपुर, जनशक्ति मावि बैजापुर, बागेश्वरी एकेडेमी कोहलपुर, तक्षशिला एकेडेमी कोहलपुर, जयजनता एकेडेमी नयाँबस्ती थपुवा, गुराँस चाइल्ड एकेडेमी सितापुर, नमुना विदुया सदन कोहलपुर, हिमालय विद्या निकेतन बैजनाथ बनकटवा, स्प्रिङ्डेल एकेडेमी नेपालगञ्ज, धु्रवतारा विद्या मन्दीर खजुरा, युनाइटेड एकेडेमी नेपालगञ्ज, अरुणोदय बोडिङ स्कूल खजुरा र मुन तारा इङ्लिस मिडियम स्कुल मनिकापुर रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४     12:31:54 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *