बाँसगढी, ४ जेष्ठ / पहिलो पटक कमर्सियल बैंकको रुपमा एन.आई.सी. एशिया बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको ईजाजत प्राप्त एन.आई.सी. एशिया बैंकले ९५ औँ शाखाको रुपमा बाँसगढीमा आफ्नो शाखा कार्यालय बिस्तार गरेको हो ।
बाँसगढी शाखा कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका क्षेत्रिय निर्देशक गुरु प्रसाद पौडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा एन.आई.सी. एशिया बैंक क्षेत्रिय कार्यालय नेपालगंजका प्रमुख तेजराज तिमिल्सेना, नेपालगंज शाखा प्रमुख रबि श्रेष्ठ, कोहलपुर शाखा प्रमुख सुवास सुबेदी, बाँसगढी नगरपालिकाका कार्यकारी अधिकृत कमलप्रसाद पौडेल, ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पाल लगायतको उपस्थिति थियो ।
बैंकमा नै बुधबार बिभिन्न व्यापारी तथा स्थानीयहरुले निःशुल्क रुपमा खाता खोलेका छन् । बाँसगढी शाखाले अबका दिनमा बाँसगढी क्षेत्रका जनताको आर्थिक समृद्धि र विकासको लागि विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दै जाने बाँसगढी शाखा प्रमुख मनोज कुमार आचार्यले बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४