‘म स्वस्थ, मेरो देश स्वस्थ’



कोहलपुर, २२ बैशाख / ‘मेरो पाँच प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता’ भन्ने मुल नाराका साथ बिहीबार नेपालगन्जमा विभिन्न कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, सेभ द चिल्ड्रेन, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके लगायत विभिन्न कार्यालयले आयोजना गरेको ‘मेरो वर्ष २०७४ म स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने सन्देशमुलक नाराहरु सहित नेपालगंज उपमहानगरपालिकाको बिभिन्न स्थानहरुबाट ¥याली निकाली जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणमा पुगेको थियो ।
नगरको चारवाहिनीचोक, विपी चोक र धम्बोझी चोकबाट निस्केको ¥याली जिल्ला प्रशासनमा पुगी कोणसभामा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राई, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार, नेपाल प्रहरी, म्यादी प्रहरी कर्मचारीहरु, शिक्षक, शिक्षिका र बिद्यार्थीहरु समेत ¥यालीमा सहभागिता रहेको थियो ।
विभिन्न स्थानबाट निस्केको ¥यालीमा म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु जस्ता नारा लेखेको पम्प्लेट समेत सहभागीहरुले बोकेका थिए ।
यस्तै बर्दियामा पनि कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा जिल्ला स्तरीय वकालत कार्यक्रम गरी बर्दियामा सो अभियानको शुरुवात गरिएको हो । हरेक नागरिकलाई स्वस्थ्य जीवनशैली अपनाउन प्रतिबद्ध बनाउने उद्देश्यले बिहिबार मोतिपुर स्वास्थ्य चौकी बाँसगढीमा पनि प्रतिबद्धता कार्यक्रम गरिएको छ । प्रतिबद्धता कार्यक्रममा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, बाँसगढी नगरपालिकाका निमित्त प्रमुख चोपनाथ काफ्ले, मोतिपुर स्वास्थ्य चौकी प्रमुख शुरेस कुमार रेग्मी लगायतको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख २२ गते शुक्रबार