21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

‘कोहलपुरलाई श्रमिक मैत्री बनाइने’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४  

कोहलपुर, १९ बैशाख / नेकपा (माओवादी केन्द्र) सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले कोहलपुरलाई श्रमिक मैत्री नगर बनाइने बताएका छन् । १२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. ५ बाँकेले कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा आयोजना गरेको मजदुर सभालाई सम्बोधन गदै न्यौपानेले सो कुरा बताएका हुन् ।
उनले हरेक युवालाई रोजगार र रोजगार वापत उचित पारिश्रमिकको ग्यारेन्टी गरिने धारणा राखे । नगरपालिकाले श्रम गर्नेहरुका सन्ततीका लागि सुलभ कर्जाको व्यवस्था गर्ने उनको भनाई छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     12:30:25 PM  |