25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बाँकेमा भर्ना शुल्क सम्बन्धी छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४  

कोहलपुर, १८ बैशाख / बाँकेका निजी विद्यालयले भर्ना शुल्क बढाएको विरोधमा उत्रिएका विद्यार्थी संगठन, जिल्ला शिक्षा कार्यालय र निजी विद्यालयका प्रतिनिधीबीच आइतबार छलफल भएको छ ।
जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले भर्ना शूल्क विषयमा विद्यार्थी संगठनले गरेको आन्दोलनको सम्बोधन गर्ने गरि छलफल गरिने र सहमतिबाट समाधान खोजिने बताए । गत चैत २२ मा प्याब्सन, एनप्याब्सन, जिल्ला शिक्षा कार्यालय र अविभावक संगठनको सहमतिमा बाँकेमा १५ प्रतिशत शूल्क बढाएको विरोधमा विद्यार्थी संगठन आन्दोलनमा छन् ।
नेविसंघ बांकेका जिल्ला सहसचिव चक्रबहादुर रावतका अनुसार शुल्क वृद्धिका विषयमा १५ प्रतिशत घटाउने भनि केन्द्रमा भएको सहमति कार्यान्वयनका लागि छलफल हुने छ ।
यस्तै अनुमति नलिएका विद्यालयलाई कार्वाही नभएसम्म आन्दोलन नरोकिने उहांले बताए । बाँकेमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी संयुक्त रुपमा विरोधमा छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४     12:03:07 PM  |