20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४  

कोहलपुर, १७ बैशाख  /  कोहलपुर १२ चप्परगौडीमा शनिबार दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । साँझ ७ बजेतिर पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक कोहलपुर २ बस्ने २० वर्षिय रमेश थापाको मृत्यु भएको हो । पछाडी सवार एकजना भने सामान्य घाइते भएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।
पूर्वतर्फ ना ४ ख २९४६ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बा ३३ प ५२१९ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर खाइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए । ट्रकमा ठक्कर खाएपछि रोकिराखेको टिप्परको मुन्तिर मोटरसाइकल छिरेको पोख्रेलले बताए ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४     12:33:43 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *