23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

स्व.कोईरालाका तस्विर प्रर्दशनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४  

कोहलपुर, १२ बैशाख / राजनीतिज्ञ तथा चिकित्सक स्वर्गिय डा. अरुण कोइरालाको जिवनी झल्किने तस्वीरहरु सोमबार नेपालगंजमा प्रदर्शन  सूरु भएको छ । नेपालगंज स्थित भेरी प्राविधिक शिक्षालयमा सिचाईं मन्त्री दिपक गीरीले प्रर्दशनी उद्घाटन गरे ।
प्रदर्शनिको नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंशाक कोइरालाले पनि अवलोकन गरेका थिए । ‘सम्झनामा डा. अरुण कोइराला’ नाम दिईएको फोटो प्रदर्शनी मंगलबारसम्म चल्ने छ । प्रदर्शनीमा स्वर्गिय कोइरालाका एक सय भन्दा वढी तस्वीर राखिएको छ । सवै तस्वीरहरुको संकलन अन्तराल फोटो बैंकले गरेको प्रदर्शनी व्यवस्थापक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४     11:24:21 AM  |