4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

मध्यपश्चिमको टिमलाई स्वागत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४  

कोहलपुर, १० बैशाख / कोहलपुर/काठमाडौंमा भएको नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उप–बिजेता हुन सफल मध्यपश्चिमको टिमलाई भब्य स्वागत गरिएको छ । आईतबार गृहजिल्ला बाँके फर्किएको टिमका खेलाडीहरुलाई भब्य स्वागत गरिएको हो । यस क्षेत्रकै प्रतिनिधीत्व गर्दै राजधानी पुगेको क्लब फाईनलमा पुगेको यो नै हालसम्मको ठुलो प्रतियोगिता हो ।
टिमलाई राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेख बहादुर क्षेत्री, क्लबका उपाध्यक्ष संगिन शर्मा, सचिव केशव राना, कोषाध्यक्ष होमेन्द्र क्षेत्रीसहित बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा स्थानियहरुले खेलाडीहरुलाई स्वागत गरेका थिए ।
शुक्रबार त्रि.वि. अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीसँग झिनो स्कोरले पराजित हुँदै मध्यपश्चिमले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।
उपविजेता भएसँगै मध्यपश्चिमले नगद रु. १ लाख प्राप्त गरेको छ भने बिजेता हुन सफल महेन्द्रनगर क्रिकेट एकेडेमीले ट्रफि सहित १ लाख ५० हजार नगद हात पारेको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४     12:27:04 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *