23 September 2023  |   शनिबार, अशोज ६, २०८०

निर्वाचनको माहोल तात्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४  

एमालेले पनि तोक्यो उम्मेदवार 

कोहलपुर, १० बैशाख / स्थानीय तहको निर्वाचनको माहोल बाँकेका तात्दै गएको छ । विभिन्न राजनैतिक दलहरुले घरदैलो, मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गाउँ, शहरमा चुनावी रौनकले छोएको छ । चियापसलदेखि विभिन्न चोक चोकमा चर्चा भैरहेको छ । स्थानीय तहको चुनावमा कसले बाजी मार्ने भन्ने अड्कलबाजी पनि चलिरहेको छ ।
यसैक्रममा ठूलो रस्साकस्सी पछि एमालेले बाँकेमा उम्मेदवारको टुंगो लगाएको छ । यहाँबाट उम्मेद्वारको टुंगो लाग्न नसकेपछि प्रदेश कमिटीमा नामहरु सिफारिस गरिएको थियो । प्रदेश कमिटीले बाँकेका नगरपालिका र विभिन्न गाउँपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो । एमालेले नेपालगन्ज उपमहानगरपालिका बाहेक बाँकेका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । कोहलपुर नगरपालिकामा लुटबहादुर रावतले प्रमुखको टिकट पाएका छन् । उपप्रमुखमा कृष्णाकुमारी चौधरी एमाले उम्मेदवार भएकी छन् ।
बैजनाथ गाउँपालिकाकामा प्रमुख मानबहादुर रुचाल र उपप्रमुख शारदा बिक, खजुरा गाउँपालिकामा प्रमुख किस्मत कक्षपती र उपप्रमुख एकमाया बिक उम्मेदवार भएका छन् ।
डुडुवा गाउँपालिकामा सकिल अहमद खा प्रमुख र कृष्णावती पाण्डे उपप्रमुख, राप्ती सोनारी गाउँपालिकामा तुल्सीराम थारु प्रमुख र चमेली बागबल उपप्रमुख, जानकी गाउँपालिकामा रामनिवास यादव प्रमुख र भूमिसरा धिताल उपप्रमुख तथा नरैनापुर गाउँपालिकामा विक्रम यादव प्रमुख र सुनितादेवी यादव उपप्रमुखको उम्मेदवार चयन भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयर÷उपमेयरको निर्णय भने स्थायी कमिटीले निर्णय गर्ने छ ।
यसैबीच नेकपा (माओवादी केन्द्र)ले बाँकेका ६ वटै गाउँपालिका र कोहलपुर नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार घोषणा गरेको छ ।  कोहलपुर नगरपालिकाको प्रमुखमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा युवा नेता नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी थारुलाई उम्मेदवार बनाइएको छ ।
राप्ति सोनारी गाउँपालिकाको अध्यक्षमा पूर्व सभासद् पट्टु थारु र उपाध्यक्षमा आस्माली पुनलाई उम्मेदवार बनाइएको छ ।
यस्तै बैजनाथ गाउँपालिकाको अध्यक्षमा राजमोहन थारु र उपाध्यक्षमा मिना वली, खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक तुफान र उपाध्यक्षमा फिरोज बानो खाँ, जानकी गाउँपालिकाको अध्यक्षमा रक्षाराम बर्मा र उपाध्यक्षमा पुष्पा खटिकलाई उम्मेदवार बनाएको छ । यस्तै माओवादीबाट डुडुवा गाउँपालिका अध्यक्षमा भोला यादव, उपाध्यक्षमा प्रेमा कुमारी शाही, नरैनापुर गाउँपालिका प्रमुखमा मेराज अहमद खाँलाई अध्यक्ष र सविना बेगम मुकेरीलाई उपाध्यक्षको उम्मेदवारी घोषणा भएको छ । मओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा भने घोषणा गरेको छैन ।
त्यसैगरी नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई व्यापक रुपमा अगाडि बढाएपनि उम्मेदवारको टुंगो भने लगाउन सकेको छैन । कांग्रेसको अभियान तीव्र रुपमा चलेपनि उम्मेदवार छनौटमा भने रस्साकस्सी देखिएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले बाँके जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गााउपालिकाका प्रमुखमा उम्मेद्वारी घोषणा गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कृष्णराज पाण्डे, उपमेयरमा माला केसीलाई उम्मेदवार बनाएको छ । कोहलपुर नगरपालिकाको प्रमुखमा बालकुमारी आचार्य, उपप्रमुखमा गिताराम कँडेललाई उम्मेद्वार बनाइएको छ । त्यस्तै खजुरा गाउँपालिकाको अध्यक्षमा मोमिना खातुन, उपाध्यक्षमा मान बहादुर भण्डारी, बैजनाथ गाउँपालिकामा अध्यक्ष मन बहादुर सुनार, उपाध्यक्षमा प्रतिमा आचार्य, डुडुवा गाउँपालिकामा अध्यक्षमा शैजाद अलि नाउ, उपाध्यक्षमा सिता अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्षमा मुर मोहम्मद खाँ, उपाध्यक्षमा ससराम जोलाहिन, राप्ती सोनारीमा राजु चौधरी र जानकी गाउँपालिकामा अध्यक्षमा एलिजा खातुनलाई उम्मेदवार बनाइएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४     12:24:52 PM  |