19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मधेशकेन्द्रित पाँच दलबीच एकता घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४  

 काठमाडौं / काठमाडौंको कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच एकता भएको घोषणा गरिएको छ । एकतापछि नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ भने चुनाव चिन्ह छाता घोषणा गरिएको छ । पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ । जसमा पाँचवटै दलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, शरत्‌सिंह भण्डारी रहनेछन् ।

नयाँ पार्टीमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीलाई समेट्ने प्रयास भइरहेको सद्भावना पार्टीका सचिव महतोले बताए । त्यसैगरी सबै दलका पदाधिकारीहरु नयाँ दलमा पनि पदाधिकारी नै रहनेछन् ।                                                                                                          –  himalkhabar

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     4:38:22 PM  |