19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ह्याप्पी मन्टेश्वरी दुई बर्षमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४  

कोहलपुर, ७ बैशाख / बालशिक्षा लक्षित गर्दै कोहलपुरमा काठमाण्डौस्तरको सुविधामा सुरु गरेको ह्याप्पी किड्स मन्टेश्वरीले बुधबार दोस्रो बार्षिक उत्सव मनाएको छ । कोहलपुर–११ स्थित साझा चोकमा सञ्चालित मन्टेश्वरीलेले विशेष कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।
दुई बर्षको अवधिमा ह्पाप्पीमा पढेका ७० बालबालिबालाई दिक्षीत समेत गरियो । बार्षिक उत्सवको अवसरमा प्रिन्सीपल सरु पौडेलले अहिलेको प्रगति र भावी योजना प्रस्तुत गरिन् । कोहलपुर बेबी केयर पद्धतिका उक्त मन्टेश्वरीले बार्षिक अवसरमा उत्कृष्ट बालबालिकालाई सम्मान समेत गरेको थियो ।
यस्तै अविभावकलाई समेत सम्मान गरेको थियो । तीन देखि पाँच बर्ष उमेरका ४५ बालबालिका शिक्षण गर्न सक्ने क्षमताको मन्टेश्वरी सञ्चालनमा बार्षिक ४५ बालबालिकाले शिक्षण गर्दै आएका छन् ।
अहिलेसम्म यहाँ सिमित साँघुरो घेरामा घरभित्र मन्टेश्वरी शिक्षण हुँदै आएकोमा कोहलपुरमा काठमाण्डौस्तरको दैनिक दाँत, आँखा लगायतको स्वास्थ्य परीक्षण, दैनिक पोषणयुक्त खाजा, एक्वा पिउने पानी, व्यवहारिक नाँच्ने, गाउने, स्विमिङ्, उद्घोषण जस्ता क्षमता अनुसारको व्यवहारीक शिक्षा दिँदै आएको संचालक गोविन्द पौडेलले बताए । मन्टेश्वरीमा बेबी केयर जस्तो भन्दापनि जीवनउपयोगी एवं स्वाबलम्बी सीपहरु हासिल गराउने, आत्मविश्वास जगाउने, परिवतिर्त समाज र सकारात्मक सोचको विकास, चुनौती, बाधा र सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्धत पु¥याउन साथै सामाजिक, व्यवहारिक मूल्य मान्यताको आधारमा व्यवहारिक ज्ञान प्रदान गर्नु उद्देश्य रहेको छ ।
बालबालिकालाई अक्षर चिनाउन पढाउन हतार नगरी स्वस्थ रहने बानी, पालो कुर्ने बानी, आफनो काम आफैं गर्ने बानी, सोधेको कुरामा उचित जवाफ दिने, सकारात्मक सोच्ने, अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने, आफूले प्रयोग गरेका सामग्री ठीक ठाउँमा राख्ने जस्ता असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार गर्न मन पराउने, अनुशासित हुने जस्ता सीपमूलक शिक्षा दिने मन्टेश्वरीको दावी छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     1:22:36 PM  |