17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

बाँकेका दर्जन व्यवसायी कालोसूचीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ६, २०७४  

कोहलपुर, ६ बैशाख / समयमा बैंक तथा वित्तीय संस्थामा ऋण वापततको कर्जा नतिर्ने बाँकेका दर्जन व्यापारी कर्जा सूचना केन्द्रले कालोसूचीमा परेका छन् । बैंकबाट ऋण लिएर नतिरेका र भुक्तानी क्षमता नभएको व्यापारीलाई कालो सूचीमा राख्ने गरिएको हो । यसरी बाँकेका दर्जन व्यापारी कर्जा सूचना केन्द्रले २०४८ सालदेखि विभिन्न कम्पनी र व्यक्तिको नाम कालो सूचीमा राखेको छ ।

२०७२ चैत मसान्तसम्म कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेका कम्पनी र व्यापारीको संख्या पाँच हजार दुई सय छ जना रहेका छन् । जसको अन्तिम सिरियल नम्बर ७९९६ रहेको छ । बाँकेबाट कालो सूचीमा पर्ने संख्या १५ बढी रहेको छ । नेपाल राष्ट्र बैक नेपालगन्जका क्षेत्रीय निर्देशक गुरुप्रसाद पौडेलले बैक तथा बित्तिय संस्थामा ऋण लिएवापत समयमा किस्ता तिर्न नसक्ने र कर्जा चुक्ता नगर्ने कम्पनी र व्यापारी कालो सूचीमा पर्ने गरेको जानकारी दिए । कालो सूचीमा पर्ने व्यक्तिलाई कारवाही बैकिङ् कसूर अनुसार सम्बन्धित बैकले गर्ने अधिकार रहेको उनले भने । कुनै पनि बैक र बित्तिय संस्थाको दश लाख भन्दा माथिको ऋण स्वीकृत गर्न सम्बन्धित बैकले कर्जा सूचना केन्द्रमा पठाउनुपर्छ । कालो सूचीमा परेपछि त्यस्तो संस्था वा व्यक्तिले कुनै पनि बैंकिङ कारोबार गर्न पाउँदैन । कोही व्यक्ति वा कम्पनी कालोसूचीमा परेपछि कम्पनी सञ्चालक र ऋणीका परिवारका सदस्यको समेत वित्तीय कारोबार रोकिने व्यवस्था छ ।
बाँके कालो सूचीमा पर्नेहरुमा २०५६ पुष १९ गते बाँकेमा दर्ता भएको कालिका ओईल मिल प्रालि सिरियल नम्बर ४११ र जसको कालो सूची नम्बर ११२५ रहेको छ । कालिका मिलका संचालक महेन्द्र मल्ल, नारायणी मल्ल र रनबहादुर मल्ल ऋणीलाई कालो सूचीमा राखिएको छ । बाँकेकै बागेश्वरी मल्टी टेड्रिङ एण्ड सप्लायर्सलाई २०७२ चैत २१ गते कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ । सिरियल नम्बर ४५३९, कालो सूची नम्बर ७२५२ मा व्यापारी बाबुराम गैरेको नाम उल्लेख गरिएको छ । बागेश्वरी साहित्य भवन नाममा सूचना केन्द्रले बाँकेका पार्वतीदेवी लेखरलाई कालो सूचीमा राखेको छ । २०७१ बैशाख २९ गते सिरियल नम्बर ३०६२ र कालो सूची नम्बरमा ५४६२ मा कालो सूचीमा राखेको छ । बाँके ग्याँस उद्योग प्रालिलाई २०४८ सालमा कर्जा सूचना केन्द्रको संख्या नम्बर ५९६ र कर्जा नम्बर १५३३ बाट ज्ञानसिँह सुदन, ईन्द्र कुवर, जितेन्द्रपाल सिँह सुदन कालो सूचीमा परेका छन् । यस्तै यही ग्याँस कम्पनी सिरियल नम्बर ११६३ र कालो सूची नम्बर २७६९ मा २०६२ मंसिर १९ गते कालो सूचीमा राखिएको छ । २०४८ मंसिर २९ गते सिरियल नम्बर ११२ र कालो सूची नम्बर २०४८ मा नेपालगन्ज म्याच फ्याक्ट्री कालो सूचीमा परेको
छ । यी बाँकेका समयमा बैंक तथा वित्तिय संस्थाका समयमा ऋण चुक्ता नगर्ने कम्पनी र व्यापारीका कालो सूचीमा परेका उदाहरण
हुन् । बाँकेमा कालो सूचीमा कतिपय बन्द भइसकेका कम्पनीदेखि प्रतिष्ठित व्यवसायी र सञ्चालनमा रहेका कम्पनी तथा तिनका सञ्चालक छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख ६, २०७४     3:31:11 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *