16 June 2021  |   बुधबार, असार २, २०७८

फेरि जित मध्यपश्चिमकै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४  

कोहलपुर, ३ बैशाख / काठमाडौंमा जारी १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा मध्यपश्चिमको टिम बिजयी भएको छ । समुह चरणको आप्mना तिनवटै खेलमा बिजयी भएको मध्यपश्चिमले शनिबार जनमैत्री भक्तपुरको टिमलाई फराकिलो रन अन्तरले पराजित गरेको  हो । पुर्व राष्ट्रिय खेलाडी दुर्गा सेनको बिशेष प्रशिक्षणमा रहेको मध्यपश्चिमको टिम समुह चरण अन्तर्गत आप्mना चारवटै खेलममा बिजयी भएको छ । प्रतियोगितामा आप्mना सबै खेलमा बिजयी हुने टिमको रुपमा समेत मध्यपश्चिमले रेकर्ड कायम गरेको छ । मध्यपश्चिमले शनिबार जनमैत्री भक्तपुरलाई  १ सय ३८ रन अन्तरले पराजित गरेको हो । मध्यपश्चिमका खेलाडीहरुको ब्याटिङ र बलिङले प्रतियोगितामा तहल्का मच्चाएको टिम ब्यवस्थापक तथा अन्तराष्ट्रिय स्कोरर होमेन्द्र क्षेत्रीले जानकारी दिए । बैशाख ५ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद प्राप्त गर्ने छ भने उप बिजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४     3:41:05 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *