मृतक व्यक्ति रोल्पाको पाङगाउँपालिका ४ दाईबाङ निबासी १९ बर्षिय मनबहादुर घर्तीमगर रहेको खुलेको छ । मृतकका आमा असारी घर्तीमगरले आफ्नो छोरा भएको पुष्टि गरेपछि पोष्टमार्टम गरेर प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

एक साता पहिले आईतबार राती १० बजे बासबस्न लजमा पुगेका दुई जना मध्य एक जना सोमबार मृत भेटिएका थिए । मृतकको घाँटीमा जुत्ताको तना कसिएको र अनुहारमा चोट भेटिएकाले उनी सँगै आएका व्यक्तिले हत्या गरेर फरार भएको प्रहरीको अनुमान रहेको छ ।

मृतक मनबहादुरले हेटौडामा गाडी चलाउने र दाङमा लाईसेन्सका लागि आएको खुल्न आएको छ । तर मृतक व्यक्तिलाई आमा बाहेक अन्यले शंका गरेका छन् । १३ गते राती घोराहीमा आएको र १४ गते घटना सार्वजनिक भएकोमा हेटौडाबाट भने मृतक भनिएका व्यक्ति १६ गते दाङ हिडेको उनि सँगै काम गर्ने आफन्तले बताएपछि घटना रहस्यमय भएको छ ।

घटना भएको दिन गएको सोमबार दिउसो ४ बजे मृतक भनिएका व्यक्तिले आफुलाई फोन गरेको उनका मामा भगत घर्तीमगरले बताए । आफुहरुलाई हो होईने भन्नेमा शंका रहेको तर आमाले मेरो छोरो नै हो भनेपनि शब बुझेको आफन्तहरुले बताएका छन् ।