24 March 2023  |   शुक्रबार, चैत्र १०, २०७९

नारायणघाट–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, एक जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

काठमाडौंः चितवनको नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउने भन्ने स्थानमा खसेको सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।

सुख्खा पहिरोमा परि दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सडकमाथिबाट खसेको ढिस्कोले ट्यांकर, ट्रक जीप, र पाँच अाेटा मोटरसाइकल पुरेको
छ । उनीहरुलाई थप उपचारका लागि चीतवन अस्पतालमा लगिएको छ ।

उक्त स्थानमा अहिले सशस्त्र र नेपाल प्रहरीको उद्वार टोली उद्धारमा खटिएका छन । हाल सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:16:24 PM  |