19 August 2022  |   शुक्रबार, भदौ ३, २०७९

मनाइयो सहकारी दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

कोहलपुर, २१ चैत्र / ६० औं राष्ट्रिय सहकारी दिवस बाँकेमा धुमधामका साथ मनाइएको छ । जिल्ला सहकारी संघ बााकेको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी, आत्मनिर्भरका लागि सहकारी’ नाराका साथ मनाइएको दिवसको अवसरमा नेपालगन्जको धम्वोझि चोक देखि प्रभातफेरी निकालिएको थियो ।
प्रभातफेरी बाँके बगिया पुगि कोण सभामा परिणत भएको  थियो । यसअघि जिल्ला सहकारी संघले चैत्र १४ गते देखि साताव्यापी रुपमा सहकारी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् ।
रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।
सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भनदै सरकारले सहकारी ऐन ल्याउन लागेको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     12:52:30 PM  |