17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

थारु पत्रकारले गरे सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३  

कोहलपुर, ६ चैत्र / थारु पत्रकार संघ नेपाल बाँकेले शनिबार नेपाल पत्रकार महासंघ बाँकेका नवविनर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित अध्यक्ष ठाकुरसिंह थारुको नेतृत्वको नयाँ कार्यसमितिलाई सम्मान गरिएको थारु पत्रकार संघले जनाएको छ ।
कार्यक्रम थारु पत्रकार संघ बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षता भएको थियो । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले थारु पत्रकारहरुको हकहितका लागि थारु पत्रकार संघले उल्लेख्य भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
उनले थारु पत्रकारले आफ्नो परम्परा संस्कृतिका विषयमा कमल चलाएर परम्परा जोगाउन आग्रह गरे ।

प्रकाशित मितिः आइतवार, चैत्र ६, २०७३     1:29:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *