27 February 2021  |   शनिबार, फाल्गुन १५, २०७७

परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्षहरुलाई निर्देशन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७३  

बाँसगढी, ३० फागुन / परिक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले शान्त, मर्यादित र भएरहित बाताबरणमा बिद्यार्थीहरुलाई परिक्षा दिने बाताबरण बनाउन केद्राध्यक्षलाई निर्देशन दिएका छन् । यहि चैत्र ५ गते देखि सुरु हुने माध्यामिक शिक्षा परिक्षा बर्दिया जिल्लाका केद्राध्यक्षहरुलाई अभिमुखिकरण दिदै यस्तो निर्देशन दिएका हुन् ।
आइतबार बर्दियाको गुलरियामा भएको एक दिने अभिमुखिकरण कार्यक्रममा परिक्षा केन्द्रको गेटमा अनिवार्य खानतलासी गरी परिक्षामा निषेधित गरिएका सामाग्री लैजान रोक लगाउने, विद्यार्थीहरु अनिवार्य बिद्यालय पोशाकमा उपस्थित हुनु पर्ने, निरिक्षकहरुको दैनिक खटनपटन गोलापर्थाबाट गरिने समेत निर्णय गरिएको छ ।
बर्दिया जिल्लामा यो बर्ष ९ हजार ३ सय ४० जना बिद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । जसमा नियमित तर्फ छात्रा ३ हजार ९ सय ३६ र छात्र ३ हजार ४ सय ४९ गरी ७ हजार ३ सय ८५ जना रहेका छन । ईग्जाम्टे तर्फ छात्रा २ सय ३३ र १५ जना छात्र गरी ३ सय ५८ छन भने ग्रेड बृद्धि तर्फ १ हजार ७३ छात्रा र ५ सय २३ छात्र गरी १ हजार ५ सय ९६ जना रहेका छन ।
त्यस्तै बर्दियामा परिक्षा फारम भरेका १ सय ७१ जना बिद्यार्थी अयोग्य ठहरिएका छन् । बर्दिया जिल्लामा रहेका ३४ परिक्षा केन्द्रमा ३४ जना केद्राध्यक्ष ४७ जना साहायक केन्द्राध्यक्ष, ३ सय ८८ निरिक्षक, १ सय ७९ पिएन र प्रत्यक केन्द्रमा १५ जनाका दरले सुरक्षा निकायका प्रतिनिधी खटाईने निर्णय भएको कार्यक्रममा सहभागी नेपाल राष्ट्रिय माबि बाँसगढीका शिक्षक फणेन्द्र प्रसाद ढुंगानाले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ३०, २०७३     7:29:41 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *