27 September 2021  |   सोमवार, अशोज ११, २०७८

सम्पादकसँग छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३  

कोहलपुर, २७ फागुन / नेपाल पत्रकार महासंघ बाँके शाखाले बिहीबार बाँकेका छापा, टेलिभिजन र रेडियोका सम्पादकहरुसँग पत्रकार आचारसंहिताका विषयमा छलफल गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार कृष्ण अधिकारीले पत्रकार आचारसंहिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र माथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्यले पत्रकार आचारसंहितालाई सञ्चारमाध्यम र पत्रकारहरुले पालना नगरेकै कारण पत्रकारहरुमाथि धम्की, दुव्र्यवहार, कुटपिट जस्ता घटना भएको बताए ।
यस्तै पत्रकार शिव डोटेलले स्वच्छ पत्रकारिताका लागि सम्पादकहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै आफ्नो संचार संस्थामा आफू मातहतका पत्रकारहरुलाई पनि आचारसंहितालाई पूर्ण पालना गर्न जोड दिनुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बाँकेमा रहेका पत्रकारहरुका लागि आचारसंहिताको पूर्ण पालना गराउनका लागि आफू र आफ्नो कार्यसमिति लागिपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रेम केसी, नेपाल पत्रकार महासंघ बाँकेका सल्लाहकार शुक्रऋषी चौलागाई, निवर्तमान अध्यक्ष रुद्र सुवेदी लगायतले पत्रकार आचारसंहिताका विषयमा आफ्नो राखेका थिए ।
यसैबीच सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेले निवर्तमान कार्य समितिलाई ढाकाटोपी लगाएर सम्मान गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     1:25:47 PM  |