२३ फागुन, राजविराज / नेकपा एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको जनसभा सुरुमा शान्तिपूर्ण रहे पनि कार्यक्रम सकिइसकेपछि प्रहरी र मोर्चा कार्यकर्तावीच झडप हुँदा अप्रिय अवस्था सिर्जना भयो ।
फागुन २१ गते झापाबाट एमालेको मेची महाकाली अभियान सुरु भएको हो । झापा र मोरङसम्म कार्यक्रम शान्तिपूर्ण थियो । सोमबार बिहान सुनसरी सदरमुकाम इनरुवासम्म पुग्दा मोर्चा र एमाले आमने(सामने भए पनि खासै झडप भएन । बाटोबाट गाडीमा ढुंगा हान्ने व्यक्तिलाई सुनसरीमा प्रहरीले पक्रियो । केही व्यक्ति लाठी चार्जबाट घाइते भएको मोर्चाले
जनायो ।
सप्तकोशी पुल पार गरेर एमालेको टोली राजबिराजतर्फ अगाडि बढ्ने क्रममा ठाउँ-ठाउँमा छिटफुट रुपमा मोर्चाका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरे पनि प्रहरी र मोर्चा कार्यकर्ता सँगसँगै देखिन्थे, कुनै अप्रिय स्थिति देखिएको थिएन । तर, साँझमा परिस्थति अन्तै मोडियो ।
गजेन्द्रनारायणसिंह औद्योगिक क्षेत्रमा एमालेको सभास्थल थियो । त्यहाँभन्दा करिब एक किलोमिटर टाढा मोर्चाका कार्यकर्ताहरु जम्मा भएका थिए । एमालेले सभा गरुञ्जेल प्रहरीले उनीहरुलाई खेत खेतमा रोकेर राख्यो । प्रहरीसँग झडपका क्रममा लाठीचार्ज गर्नुका साथै अश्रुग्यास र हवाइ फायरसमेत भयो ।एमाले नेताहरू सभा सकेर एमाले नेताहरु फर्कँदा नफर्कँदै स्थिति तनावग्रस्त भयो । त्यहाँ प्रहरीले गोली चलाउँदा हताहती हुन पुग्यो ।
प्रतिक्रिया दिनुहोस्