26 July 2021  |   सोमवार, साउन ११, २०७८

प्रहरीको गोली लागेर सप्तहरीमा एक युवको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

फागुन २३, राजविराज / विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ र, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०र२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ(ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     7:28:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *