जाजरकोट, २३ फागुन / जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । साल्ट टूेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताएका छन् । जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, खगेनकोट, रग्दा, भगवती, पजारु, दहलगायत १८ भन्दा बढी गाविसका स्थानीयवासीले सहुलियतको नुन प्रयोग गर्न पाएका छैनन् । सरकारले उपलब्ध गराउने नुन गाउँमा लैजानसमेत उपभोतmालाई सजिलो छैन । यी गाविसबाट सदरमुकाम पुग्न दुईदेखि पाँच दिन पैदल
हिँड्नुपर्छ । नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले बजारमा पाइने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गर्दै आएको नायकवाडा–७ का प्रेम शाहीले बताए ।
जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयवासी रुकुम जिल्लाका राडी, चौरजहारी, जाजरकोटको कालीमाटी, थलह, मोर्कलगायत ठाउँबाट ढिके नुन लिएर खाना बाध्य भएको भगवतीका तेजबहादुर सिंहले बताए । बजारमा ढिके नुन पर्याप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा–७ का पृथ्वीविक्रम शाहीले बताए ।
पूर्वका स्थानीयवासी सदरमुकामभन्दा नजिक पर्ने रुकुमकोराडी, चिसापानी, रिम्ना गएर नुनर दैनिक उपभोग्य वस्तु ल्याउने गरेका छन् । ‘‘नुन लिन सदरमुकाम गए चार दिन लाग्छ, रुकुमका बजारमा गए आयोडिन नभए पनि ५÷६ घन्टामै आउने जाने लाग्छ ।’’ खगेनकोट–५ का नेबहादुर खत्रीले जानकारी दिए ।
यो क्षेत्र जोड्न खलङ्गा–रिम्न हुँदै भगवतीसम्म सडक निर्माणाधीन छ । ६० किमीसम्म ट्र्याक खोल्ने लक्ष्य पूरा भए पनि भेरी नदीमा पुल नभएका कारण पूर्वमा समस्या छ । उत्तरपूर्वमा भने सडक नै निर्माण गरिएको छैन । सदरमुकामसम्म आयोडिनयुक्त नुन सहज रुपमा उपलब्ध हुँदै आए पनि गाउँसम्म पुग्दैन ।
सदरमुकाममा रु नौ पर्ने आयोडिनयुक्त नुन जाजरकोटका केही बजारमा सीमित मात्रामा पाइने आयो नुन रु ३५ मा किन्न पाइन्छ । तोकिएको मूल्यभन्दा चार भाग बढी भाडा पर्ने स्थानीयवासी बताउँछन् । यहाँका स्थानीयवासी साल्ट टूेडिङ कर्पोरेसन शाखा गाउँमा विस्तार गरिए मात्र सबैका लागि आयोडिनयुक्त नुन खाना पाउने बताउँछन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३