3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

क्रिकेटमा जगुवार बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

कोहलपुर, २३ फागुन /  नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगितामा जगुवार स्पोर्टस क्लब बिजयी भएको छ । आइतबार सम्पन्न खेलमा जगुवारले यङ गन्स क्बललाई २ विकेटले पराजित गदँै सेमिफाईनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको यङ गन्सले १८.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । जसमा हिमाल खड्काको ३३ रन रितेश शाहको १५ रन तथा श्याम
शर्माको ११ रनको योगदान रहेको थियो ।
जगुवारका नविन ओलीले ४ विकेट रोशन शाहले २ विकेट तथा शेर बहादुर ओलीले २ विकेट लिन सफल भएका थिए । १ सय २८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको जगुवारले १८.३ ओभरमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गर्न सफल भयो । म्यान अफ द म्याच घोषित जगुवारका मनोज यादवले अर्धशतकिय पारी खेल्दै ५४ रन तथा करण शाहले १९ रन बनाए । यङ गन्सका अनिमेश शाही र प्रजेश केसीले क्रमस ३÷३ विकेट लिए । आज सोमबार मंगोलीयन स्पोर्टस क्लब र रोयल स्पोर्टस क्बल बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ । नकआउट प्रणालीमा संचालन हुने प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     12:27:42 PM  |