23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

युवा अभियानमा खनाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

कोहलपुर, २२ फागुन / नयाँ शक्ति नेपालको युवा संगठन राष्ट्रिय युवा अभियान बाँकेको अध्यक्षमा रमेश खनाल चयन भएका छन् । शनिबार नेपालगञ्जमा नयाँ शक्ति नेपालको राष्ट्रिय युवा अभियानको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा खनाललाई सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षत्रय बिष्णु खड्का, साविर मुकेरी र सन्तोष थापा मगर, सचिवमा मान बहादुर रावत, सहसचिव त्रय अनिकेत बर्नवाल, मान बहादुर सुनार, गोविन्द भण्डारी र कोषाध्यक्षद्वय पवित्रा तामाङ र जमुना पुनलाई चयन गरेको हो ।
अधिवेशनलाई राष्ट्रिय युवा अभियानका केन्द्रीय संयोजक कमल शाही, नयाँ शक्ति प्रदेश नम्बर ५ का युवा विभाग प्रमुख जिएस गुरुङ, पाार्टीका केन्द्रीय कार्यकारी सदस्य बेदप्रसाद आचार्य, विद्यार्थी युनियनका प्रदेश संयोजक हिक्मत बिक, पार्टी बाँकेका सचिवलाय सदस्य टकप्रसाद धमलाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको पक्षमा हस्ताक्षर अभियान समेत चलाउने जनाइएको छ । अभियान अन्तर्गत शनिबार सम्मेलनमै हस्ताक्षर समेत संकलन गरिएको छ । करिब पाँच सयले हस्ताक्षर गरेका छन् ।
अधिवेशन अघि बिहान नेपालगञ्जमा ¥याली समेत निकालिएको थियो । सम्मेलनमा ¥याली नेपालगञ्जको धम्बोझी चोकबाट शुरु भइ घरवारीटोल, त्रिवेणी मोड, त्रिभुवन चोक हुँदै नगरभवनमा सभामा परिणत भएको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     11:51:26 AM  |