फुटबलको उपाधि होटल व्यवसायीलाई



कोहलपुर, २० फागुन / विभिन्न पेशाकर्मी बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगीताको उपाधी होटल व्यवसायी संघले हात पारेको छ । बिहीबार नेपालगन्जको प्रहरी व्यायामशालामा भएको फाइनल खेलमा होटल व्यवसायी संघले बैकर्सलाई ५–० ले हराउँदै फाइनल खेलको उपाधि चुम्न सफल भएको हो ।
होटल व्यवसायी र बैंकर्स बीच भएको खेलमा होटल व्यवसायीका मनोज बुढाले ११ मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए भने ४१ मिनेटमा पुन मनोज बुढाले १ गोल गरेर अग्रता कायम गरेका थिए । दुवै टिम बीच प्रतिस्पर्धात्मक खेलमा संघकै सुरज रावतले ३१ र ४६ मिनेटमा एक एक गोल गरेका थिए भने संघकै सन्तोष सिर्पालीले ४९ मिनेटमा १ गोल गरेर प्रतियोगिताको उपाधी चुम्न सफल बनाएका थिए ।
दुबै टिमको खेल प्रतिस्पर्धा भएपनि बैंकर्सले कुनैपनि गोल गर्न नसकेको आयोजक टिमका प्रवक्ता भावुक आचार्यले जानकारी गराए । फाइनल खेलको उद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बल हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी प्रमुख महेश विक्रम शाह, ओलम्पीयन खेलाडी सुरेन्द्र हमाल लगायत विभिन्न खेलकर्मी लगायतको सहभागिता रहेको थियो ।
‘राष्ट्रिय समृद्धी र शुसासनका लागि भष्टाचार मुक्त समाज’ भन्ने मुल नाराका साथ भएको मैत्रीपूर्ण प्रतियोगीता १५ टिमको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ फागुन २० गते शुक्रबार