2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

एमालेको जनसभा चैत्रमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३  

कोहलपुर, १९ फागुन / ‘मेची –महाकाली राष्ट्रिय अभियान’ अन्र्तगत चैत १ गते नेपालगञ्जमा हुने जनसभामा ५० हजार नेता कार्यकर्ता उतार्ने नेकपा एमाले बा“केले दाबी गरेको छ ।
बुधवार पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा पार्टी अध्यक्ष अशोक कोइरालाले उक्त जनसभामा ५० हजार नेता,कार्यकर्ता, शुभेच्छुक उतार्ने लक्ष्य सहित अहिले घरदैलो अभियान सन्चालन भइरहेको जानकारी दिए । ‘नेपालगन्जमा हालसम्मकै ठुलो जनसभा गर्दैछौ । त्यसको तयारी पनि तिब्ररुपमा भइरहेको छ ।’ अध्यक्ष कोइरालाले भने,–‘अहिले सम्पूर्ण नेता कार्यकर्ताहरु उक्त जनसभामा निम्तो गर्न घर–घर पुग्नु भएको छ ।’ जनसभामा अध्यक्ष केपी ओली लगायत सम्पूर्ण बरिष्ठ र केन्द्रीय नेताहरु आउने भएकाले पनि नेता कार्यकर्ताहरुको उल्लेखिय सहभागि हुने कोइरालाको भनाई छ ।
संविधान कार्यान्वयनक लागि निर्वाचन, राष्ट्रियत एकता र सद्भावका लागि मेची महाकाली अभियान भन्ने नारा सहित फागुण २१ गते कांकडभिटबाट अभियानाको शुरुवात हुदैछ । चैत १ गते नेपालगन्जको रामलिला मैदानमा जनसभा सुरु हुनु अघि अध्यक्ष केपी शर्मा ओली लगायतका बरिष्ठ नेताहरुलाई महेन्द्र राजमार्गमा पर्ने शिवखोलामा पुगेर स्वागत गरी ल्याइने छ । अहिले जनसभामा निम्तो दिनका लागि दैनिक जसो कार्यक्रकर्ताहरु घरमा पुगिरहेको अध्यक्ष कोइरालाले बताए । अभियानका बारेमा अवधि, थारु लगायतका मातृभाषामा लेखिएका पर्चा पम्पलेट समेत बितरण भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     12:40:03 PM  |