28 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

फुटबल प्रतियोगीता शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३  

कोहलपुर, १६ फागुन / नेपालगन्जमा मैत्रीपुर्ण आइतबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । नागरिक समुह बाँकेले आयोजना गरेको पेशाकर्मी बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । राष्ट्रिय समृद्धि र सुशासनका लागि भ्रष्टाचार मुक्त समाज निर्माण भन्ने मुल नाराका साथ प्रतियोगीता शुरु भएको हो ।
आइतबार भएको पहिलो खेलमा कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघ बीच प्रतिस्पर्धा भएको थियो । कर्मचारी मिलन केन्द्रलाई उद्योग वाणिज्य संघले ३–० गोलले पराजित गरेको छ । उद्योग वाणिज्य तर्फबाट खेल भएको २ मिनेटमै अभय बस्नेतले १ गोल गरे भने १३ मिनेटमा कर्ण थापाले दोश्रो गोल गरेका थिए । यस्तै २३ मिनेटमा उद्योग वाणिज्य संघकै बस्नेतले अर्को गोल गरेका थिए ।
यस्तै दोश्रो खेलमा होटल व्यवसायी र वार एशोसियसन बीच भयो । होटल व्यवसायीले ५–१ गोल अन्तरले बार एशोसिएशनलाई पराजित गरेको छ ।
आज (सोमबार) हुने पहिलो खेल सिप्रदी र पत्रकारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्ज मेडिकल कलेज, नेपाल वार एशोसियशन, नेपाल पत्रकार महासंघ, जडिबुटि व्यवसायी संघ, वैकर्स, बाँके निर्माण व्यसायी संघ लगायत १५ टिमको सहभागिता रहेको छ । १५ गतेदेखि सुरु भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिता १९ गते सम्म चल्ने आयोजक टिमका प्रवक्ता भावुक आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     12:52:07 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *