24 September 2023  |   आइतवार, अशोज ७, २०८०

पहिलो पटक व्यवसायीक रुपमा गाडी पार्किङ सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३  

तुलसीपुर, १५ फागुन / दाङको तुलसीपुरमा व्यवसायीक रुपमा गाडी पार्किङ शुरु भएको छ । तुलसीपुर–६ वरूवागाँउमा सुविधा सम्पन्न गाडी पार्किङ तथा वासिङ सेन्टरको शनिबार उद्घाटन गरियो ।
तुलसीपुरमा साना गाडीको दिनप्रतिदिन संख्या बढ्दै गएको र सुरक्षित पार्किङ सेवाग्राहीको मुख्य समस्या रहेकाले आफुहरुले सुबिधायुक्त पार्किङ खोलेको संचालक युवा व्यावसायि हेमेन्द्र खड्का र हिमाल धितालले जानकारी दिए ।
सुरक्षा व्यवस्थाका साथै सिसि क्यामेरा समेत जडान गरिएको पार्किङ स्थलमा सुरक्षा गार्डहरु समेत राखिएको छ । उनका अनुसार ४० बडप् साना गाडिहरु एकै साथ पार्किङ गर्न सकिने छ ।
करिब ५ कट्टा जग्गामा निर्माण भएको पार्किङमा मासिक १५ सय रुपैया लाग्ने बताएको छ । त्यसैगरी मोटरसाइकल वासिङका लागि ८० रुपैया र गाडी धुलाईका लागि ३ सय रुपैयाँ लाग्ने खडकाले बताए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३     2:34:19 PM  |