25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सिलाई कटाई तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३  

कोहलपुर, १५ फागुन / महिला आयआर्जन तथा सीप विकास सम्बन्धी ६ महिने सिलाई कटाई तालिम शनिबार सम्पन्न भएको छ । महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको थियो ।
बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरिय महिला सञ्जाल बाँसगढीको आयोजनामा २०७३ असार १८ गते देखि माघ २९ गते सम्म तालिम सञ्चालन भएको थियो ।
तालिममा बाँसगढी नगरपालीका भित्रका बिपन्न परिवारका २२ जना महिलाहरुको सहभागिता थियो । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरियो ।
तालिम समापन कार्यक्रमको प्रमुख अथिति बाँसगढी नगरपालीकाका प्रमुख तथा कार्यकारी अधिकृत बखतबहादुर खड्काले सीप सिकेका महिलाहरुलाई आफुले सिकेको सिपलाई व्यवसायीकरण गर्न आग्रह गरे ।
उनले सीप सिकेका अति बिपन्न महिलाहरुले व्यवसाय गर्न चाहेमा ५० प्रतिशत नगरपालिकाले लगानी गर्न सक्ने समेत उद्घोष गरे । नगर स्तरिय महिला सञ्चालकी अध्यक्ष शिवकुमारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुमि बिकले गरेकी थिइन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३     2:25:11 PM  |