23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

आरडिसीको शाखा कोहलपुरमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३  

कोहलपुर, ९ फागुन  / राष्ट्रिय स्तरको लद्युवित संस्था रुरल माइक्रोेफाइनान्स डेभलपमेन्ट सेण्टर लि. (आर. डि. सी.) ले कोहलपुरमा शाखा स्थापना गरेको छ । कोहलपुर १० रामनगरमा रहेको कोहलपुर शाखा कार्यालयको नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक उपेन्द्र प्रसाद पौडेलले आइतबार उद्घाटन गरेका हुन् ।
आर . एम. डि. सि.ले यस शाखाबाट मध्य तथा सुदुर पश्चिम क्षेत्रका हालका ६६ वटा साझेदार संस्थाहरु र आगामी दिनमा साझेदारी गर्ने संस्थाहरुलाई वित्तिय सेवा दिनेछ ।
कार्यक्रममा नेपाल राष्ट्र बैँकका निर्देशन रमन नेपाल, सक्षम कार्यक्रमका टीम लिडर वलजीत वोहरा, डेपुटी टिम लिडर निर्मल दहाल , आर, एम. डि. सि का साझेदारी संस्थाहरु लगायतका अन्य स्थानीय संघ संस्थाका वरिष्ठ पदाधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     11:57:15 AM  |