25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुर महोत्सव शुरु ‘निर्वाचन जसरी पनि हुन्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ७, २०७३  

कोहलपुर, ६ फागुन / कोहलपुरमा शुक्रबारदेखि कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रर्दशनी मेला सुरु भएको छ । महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गरिन् । महोत्सवको उद्घाटन गर्दै मल्लले मुलुकमा निर्वाचन जसरी पनि हुने बताएकी छन् । संविधान कार्यान्वयनका लागि पनि स्थानीय निर्वाचन हुन जरुरी रहेको उनले उल्लेख गरिन् । सत्तामा बसिरहन मन नलागेको बताउँदै उनले आफूहरु चुनावमा जान तयारी अवस्थामा रहेको बताइन् । सोही अनुरुप सरकारले निर्वाचनको तयारी गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि यस्ता महोत्सवहरु सञ्चालनमा ल्याउनु पर्ने मन्त्री मल्लले बताइन् । ‘पर्यटन विकासको लागि राज्यले लिएको नीतिलाई स्थानिय तहमा यस्ता कार्यक्रमहरु गर्नु आवश्यक रहेको छ’ उनले भनिन् ‘कोहपुर विकासको सम्भावना बोकेको ठाउँ हो, यस क्षेत्रको विकासका लागि राज्यले विशेष नीति लिनुपर्छ ।’ साथै उनले यस क्षेत्रमा तटबन्ध सहितको कार्यक्रम ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।
बाँके क्षेत्र १ का सांसद देवराज भारले कोहलपुर क्षेत्रको विकासका लागि सामाजिक क्षेत्रबाट पहल चाल्नुपर्ने बताए । साथै उनले कोहलपुरका युवाहरुले सञ्चालन गरेको महोत्सवले कोहलपुरको एकता र सद्भावलाई बलियो बनाउने बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सरकारी तथा गैरसरकारी नियकाय, उद्योगी व्यापारी लगायतको उपस्थिति रहेको थियो ।
महोत्सव उद्घाटन अघि विभिन्न झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । जहाँ विभिन्न भेषभुषा, संस्कृति झल्कने किसिमका प्रस्तुतीहरु रहेका थिए ।
फागुन १६ गते सम्म सञ्चालन हुने महोत्सवको आज शनिबार ख्याती प्राप्त गायीका रजिना रिमाल र गायक टंक बुढाथोकी आउने आयोजकले जनाएको छ । साथै विभिन्न स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
रुद्राक्षा फिल्मस् प्रा.लि. र ग्रिन सिटि युथ क्लब कोहलपुरको आयोजनामा संचालित महोत्सवमा डेढलाख बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवद्धन गराउने, केहि वर्षदेखि प्रचलनमा आएका स्थानिय तहमा रहेका होम स्टेहरुलाई पर्यटकिय विकासका निम्ति आकर्षणको केन्द्र विन्दु बनाउन सहयोग पु¥याउने लगायतका उद्देश्यका साथै महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ।
महोत्सव सञ्चालन पछि संकलन हुने आर्थिक स्रोतले कोहलपुर नगरलाई हरित नगर बनाउने अभियानमा प्रत्यक्ष रुपमा जोडिने, साथै कोहलपुर नगरलाई फोहरमुक्त सहरका रुपमा स्थापित गराउन आवश्यक पर्ने सबै गतिविधिका साथै तत्काल प्रभाव देखिने कामहरु सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ७, २०७३     11:43:37 AM  |