23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

बाँकेमा होमस्टे बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३  

कोहलपुर, ५ फागुन / बाँकेको पर्यटकीय क्षेत्रका रुपमा परिचित गाभर भ्यालीमा करिब ४÷५ वर्षअघि सामुदायिक होमस्टेको सुरुवात भयो । त्यसलगत्तै ढकेरीमा नयाँगाउँ होमस्टे संचालनमा आयो । खड्कवारमा पनि नयाँ होमस्टे संचालनमा ल्याउने तयारी गरिएको छ । बाँकेमा अहिले होमस्टेको संख्यामा वृद्धि हुँदै गएको छ । बाँकेका होमस्टेहरु बाँके राष्ट्रिय निकुञ्जलाई लक्षित गरेर स्थापना गरिएका छन् ।
मंगलबार चिसापानी ९ गाभरमा नमुना थारु गाउँ होमस्टे संचालनमा आयो । जहाँ थारु संस्कृतिका साथै विभिन्न थारु परिकारका स्वाद चाख्न पाइन्छ । साथै अष्ट्रिज फर्मको अवलोकन पनि गर्न DSC_0227पाइन्छ ।
सो होमस्टे उद्घाटन भएको भोलिपल्टै बुधबार गाभर भ्यालीमा घर नं. ६ संचालनमा आएको छ । बाँके क्षेत्र नं. ४ का सांसद दल बहादुर सुनार र चिसापानी पर्यटन प्रवद्र्धन विकास समिति अध्यक्ष भीम केसीले संयुक्त रुपमा होमस्टेको उद्घाटन गरेका हुन् ।
होमस्टेको उद्घाटन गर्दै सुनारले होमस्टेले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उनले होमस्टेले स्थानीयलाई रोजगार दिन सफल पनि भएको बताए । सुनारले आउने सांसद विकास कोषको बजेटबाट गाभर होमस्टेलाई पर्यटकीय क्षेत्रको हबको रुपमा विकास गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सुनारले गाभर भ्याली जाने बाटो कालोपत्रे गर्ने, खानेपानी ट्याङ्की निर्माण, स्विमिङग पुल निर्माण तथा विद्युतको समस्यालाई समाधान गरिने बताए ।
गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले होमस्टे क्षेत्रमा खानेपानी, बाटो तथा विद्युतको समस्याहरु रहेको बताए ।
विशेषगरी थारु तथा मुगाली संस्कृतीलाई संरक्षण गर्दै होमस्टे सञ्चालन भएका छन् । होमस्टेमा थारु संङ्ग्राहलय, बााँके राष्ट्रिय निकुञ्ज क्षेत्र, अष्ट्रिज फर्म तथा थारु बस्ती अवलोकन गर्ने, पिकनिक स्पट जस्ता थुप्रै रमणिय स्थल गाभर भ्यालीमा रहेका
छन् ।
होमस्टे उदघाटन कार्यक्रममा पर्यटन कार्यालय बाँकेका प्रमुख दिपक बुढाथोकी, चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन क्षेत्रका अध्यक्ष भिम केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत स्थानियको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३     11:54:17 AM  |