18 September 2021  |   आइतवार, अशोज ३, २०७८

माओवादी केन्द्रको वडा सम्मेलन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ४, २०७३  

कोहलपुर, ४ फागुन/ माओवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत १३ वटै वडाको संयुक्त वडा सम्मेलन मंगलबारदेखि सुरु गरेको छ । विभिन्न माओवादी घटकहरुको एकतापछि पहिलो पटक हुन गइरहेको सम्मेलनले १३ वटै वडामा नयाँ नेतृत्व चयन गर्नेछ ।
सोही अनुरुप मंगलबार १, ३, ४, ६, १० र १२ नम्बर वडाको वडा सम्मेलन सम्पन्न भएको छ । वडा नं. १ मा कौशिला वि.क. को अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको छ । त्यसैगरी ३ नं. वडामा पदम रेग्मीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । त्यस्तै ४ नं. वडामा तिरथ राम थारुको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी गठन गरिएको कोहलपुर नगर कमिटी ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
मंगलबार नै ६ नं. वडामा रामसरण थारुको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । १० नं. वडामा खेमराज रमालीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन गरिएको छ भने १२ नं. वडामा निरक शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको माओवादी केन्द्र कोहलपुर नगर कमिटि सह–इन्चार्ज तुलाराज बिष्ट बिहानीले जानकारी दिएका छन् । बाँकी रहेका अन्य वडामा समेत नयाँ नेतृत्वको लागि सम्मेलनहरु आयोजना हुने क्रम जारी रहेको विहानीले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ४, २०७३     11:36:27 AM  |