20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

कोहलपुर महोत्सवको तयारी तीव्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७३  

कोहलपुर, ३ फागुन/ कोहलपुरमा फागुन ६ गतेदेखि सञ्चालन हुने कोहलपुर महोत्सवको तयारी तीव्र पारिएको छ । रुद्राक्ष फिल्मस् प्रा.लि. र ग्रिन सिDSC02709टी युथ क्लब कोहलपुरको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको तयारी ९०% बढी पूरा भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार हालसम्म २ सय ५५ बढी स्टलहरु बुकिङ भइसकेको छ ।
कृषी, व्यवसायीक, शैक्षिक, विमा कम्पनी, होटल तथा होम स्टेको निर्माण, बाउन्डरी निर्माण, बाल उद्यान निर्माण पुरा भएको सचिवालयले जनाएको
छ ।
यसैबीच महोत्सव आयोजकले सोमबार कोहलपुरमा बृहत सरसफाई गरिएको छ । कोहलपुर चौराहाबाट सुरु भएको सरसफाइ कार्यक्रम कोहलपुर बजार क्षेत्र, न्यूरोड, बसपार्क, गोलपार्क तथा महोत्सव स्थलमा सरसफाइ गरिएको थियो । सरसफाइमा क्लबका सदस्य, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७३     11:35:31 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *