मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३
कोहलपुर, २७ माघ / सरस्वती ताजा हरियाली च्याउ तथा तरकारी कृषक समूह मैटहवा ३ ले दोश्रो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पुरक अनुदानमा संचालित व्यवसायीक च्याऊ उत्पादन उपआयोजनाको दोश्रो सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
कार्यक्रममा अनुदान प्राप्त २ लाख ६५ हजार २ सय ५५ बराबरको रकम खर्च सार्वजनि गरिएको थियो । च्याऊबाट ९० हजार बराबर खुद नाफा भएको कार्यक्रममा बताइएको
थियो ।
समूह अध्यक्ष कमला पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुष्मा सुनारले गरेकी थिइन् ।