8 March 2021  |   सोमवार, फाल्गुन २४, २०७७

स्थानीयको सक्रियतामा परियोजनाको थालनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३  

दाङ्ग, २७ माघ / दाङको गोल्टाकुरीका स्थानियले आफ्नै सक्रियतामा पर्यटन प्रवर्धन तथा सांस्कृतीक संरक्षण गर्ने उदेश्यकासाथ क्षेत्र विकास परियाजनाको थालनी गरेका छन् । पुर्व गाविस अध्यक्ष एंव वडा नागरिक मञ्चका सदस्य यज्ञबहादुर विष्टको सक्रियतामा शिवपुरी क्षेत्र विकास परियोजना वडा नम्वर २ र ३ थालनी गरिएको हो । परियोजनाको संरक्षण र विकासका लागि स्थानिय समाजसेवि भुवनदाश डागीको अध्यक्षतामा शिवपुरी क्षेत्र विकास समिति समेत गठन गरिएको छ ।
परियोजना अन्तरगत सामुदायिक वन भन्दा बाहिर रहेको करिव १५ विगाह जग्गालाई संरक्षण गरिएको छ भने स्थानियकै करिव दश लाख लगानीमा वाटो निर्माण, शिव मन्दिर र भगवतीको मन्दिर समेत निर्माण गरिएको छ । आल सम्मको विकास स्थानियले श्रमदान तथा नगत दान गरेर सम्भव भएको छ । कुनै निकायले सहयोग गरेमा गाविसको वडा नम्वर २ र ३ को सिमा क्षेत्रमा पर्ने सो क्षेत्र विकास परियोजना अन्तर्गत तलाउ, झोलुङ्गे पुल, गाडी पार्कीङ स्थल, पिक्नीक स्पट, वरपिल क्षेत्र, मन्दिर निर्माण क्षेत्रको स्थापना गरिने समितिका अध्यक्ष डागीले जानकारी दिएका छन । पर्यटनको अत्यन्त सम्भावना भएको सो शिवपुरी क्षेत्रमा खानेपानी, यातायात, रमणीय क्षेत्र विकासका लागि सम्भावना रहेको छ ।
शिवपुरी क्षेत्र विकास परियोजना अन्तर्गत निर्माण गरिएको मन्दिरमा स्थानिय बामदेव विष्टले विभिन्न सामाग्री सहयोग गरेका छन । त्यसगरी तुलसीपुर नगरपालिका ९ बेलुवा निवासी विष्णुमाया पोख्रेलले शिव, पार्वती, गणेश, शिवलिङ्ग र साढेको मुर्ती स्थापना गरिदिने भएका छन् । २०७२ साल जेठ ८ गते क्षेत्र विकास समिति गठन भएपनि समितिले पछिल्लो समय आफ्ना गतिबिधीलाई तीव्रता दिएका छ ।

प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३     1:49:19 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *