19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

चुनाव नभए देश संकटमा ः बामदेव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३  

बर्दिया, २७ माघ  संविधानले तोकेको समयसिमा भित्र चुनाव नभए देश ठूलो संकटमा फस्ने निश्चित भएको नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दावी गरेका छन् ।
आज बर्दियाको पदनाहमा नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड उदघाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले संविधानले तोकेको समय सिमा भित्र तिनवटै तहको निर्वाचन सम्पन्न नभए देश ठूलो संकटमा फस्ने दावी गरे ।
विश्वको राजनीतिमा कही नभएको जात्रा नेपालमा भएको भन्दै उपाध्यक्ष गौतमले नेकपा एमालेको नेतृत्वको सरकारले ल्याएको बजेट अविस्वासको प्रस्ताव पेश गर्ने पार्टीको नेतृत्वमा भएको सरकारले उक्त बजेट कार्यान्वयन ल्याउनु आश्चार्य भएको बताए । वर्तमान समय संविधान कार्यान्वयन र देशको सम्बृद्धि गर्न पुर्ननिर्माणको काम अगाडि बढाउने बेला भएको भन्दै उक्त कार्यहरु गर्न वर्तमान सरकार बाधक भएको समेत उपाध्यक्ष गौतमले बताए । उपाध्यक्ष गौतमले आफुले बर्दियामा लामो समय राजनीतिक जीवन विताएको बताउँदै बर्दियाको समग्र विकास निर्माणमा आफु सदैव लागिपर्ने समेत प्रतिवद्धता ब्यक्त
गरे ।

प्रकाशित मितिः बिहिबार, माघ २७, २०७३     1:16:07 PM  |