25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

तेह्र वटा मात्रै पशु वीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २६, २०७३  

मुगु÷पशु वीमाको सेवा शुरु भएबाट अहिलेसम्म जिल्लाभर १३ वटा मात्रै पशुको वीमा भएको पशुसेवा कार्यालयले जनाएको छ । जिल्ला पशुसेवा कार्यालयको समन्वयमा जिल्लामा सरकारी मान्यता प्राप्त सगरमाथा ईस्योरेन्स मार्फत पशुकोे वीमा भएको हो । अहिलेसम्ममा जिल्लामा ११ वटा खच्चड र २ वटा घोडाको मात्र वीमा भएको कार्यालयका निमित्त प्रमुख भिमचन्द्र बुढाले जानकारी दिए ।
जिल्ला पशु सेवा कार्यालय नजिकको पशुसेवा केन्द्र तथा पशु प्राविधिकहरुसँग पशुवीमाको बारेमा जानकारी लिन सकिने पशुसेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, माघ २६, २०७३     4:36:36 PM  |