15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

सिलाई–कटाईमा महिलाको आकर्षण बढ्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २६, २०७३  

ललिता यरी

सुर्खेत, २६ माघ/ सिलाई–कटाई पेशा दलित भनिने परियार जातिले गर्ने पेशा हो भन्ने हाम्रो समाजको परम्परागत सोचाई थियो । त्यसमा पनि अझ पुरुषहरुले मात्रै गर्नुपर्छ भन्ने मान्यता समाजको थियो । 07_01_2012-07SND-8तर अहिले यो पुरातन सोचाई र मान्यताको अन्त्य भएको छ । अहिले सिलाई–कटाई पेशा व्यवसायिकरण भएसंगै महिलाहरुको आत्मनिर्भरको बाटो बनेको छ ।
अहिले दलित महिला मात्र नभई सबै महिलाहरु सिलाई–कटाई पेशामा आकर्षित भएका छन् । यतिसम्म कि पढाई छोडेरसम्म पनि सिलाई–कटाई पेशा अंगाल्नेहरु बढेकाछन् । सुर्खेत वीरेन्द्रनगर पिपलचौतारी नजिकैको एक सिलाइकटाई सेन्टरमा निकै घुईचो हुन्छ । कोही कपडा काट्दै हुन्छन, कोही सिलाइरहेका हुन्छन् ।
उनीहरु सबै प्रशिक्षार्थीहरु हुन् । प्रशिक्षकहरुलाई पनि भ्याइनभ्याइ छ । यो सेन्टरमा अहिले झण्डै ५० जना महिलाहरु सिलाई कटाई तालिम लिइरहेका छन् । महिलाहरुका लागि तुलनात्मक रुपमा सहज र आत्म निर्भर बन्ने बाटो भएकोेले पनि यो पेसामा आकर्षण बढेको हो । महिलाहरुमा पनि आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना पनि बढेकोले उनीहरुले सिलाईकटाई सम्बन्धी सीप सिक्न आउने गरेको प्रशिक्षक कुन्ती शाहीले बताइन ।
सधै जसो घरायसी कामकाज र चुलोचौकोमा मात्र सीमित रहने महिलाहरु समय निकालेर अहिले सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । पढेलेखेर बेरोजगार बसेका विवाहित महिलाहरू पनि सिलाईकटाई तालिम लिएर यसै व्यवसायलाई आम्दानीको प्रमुख स्रोत बनाउन थालेका छन् । आम्दानी पनि हुने र आफैले सीप सिके कसैको भर नपर्नुपर्ने भएकोले सिलाईकटाई सिक्न लागेको रुकुम स्यालापाखा घर भई हाल सुर्खेतमा सिलाई कटाई सिक्दै गरेकि सुर्यमा शाहीको भनाई छ ।
यस्तै प्रशिक्षण लिइरहेकी सुर्खेत कुनाथरी १ चेपाङकी चन्द्री गुरुङले पनि कुनै पनि काम गर्न सजिलो नभएपनि आत्मनिर्भका लागि सिलाईकटाई सिक्न लागेको बताइन । मेहनत गरे अवश्य पनि सफल भैईन्छ भन्दै उनले आफनो हातमा सीप भए जुनसुकै ठाउमा गएर पनि ब्यवसाय संचालन गर्न सकिने भएकोले आफूले सिलाईकटाइ सिक्न लागेको बताइन् ।
सुर्खेतमा अहिले सिलाई–कटाईप्रति महिलाहरुको आकर्षण बढ्न थालेपछि प्रशिक्षण केन्द्रहरु पनि थुप्रै संचालनमा आएका
छन् ।

प्रकाशित मितिः बुधबार, माघ २६, २०७३     3:51:33 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *