बाँसगढीमा मुस्कान आदानप्रदान



बाँसगढी २५ माघ  ब्रह्मकुमारी इश्वरीय विश्व बिद्यालयद्वारा सोमबार नेरा माबि बाँसगढीमा सोमबार मुस्कान आदानप्रदान कार्यक्रम गरिएको छ । जीवनमा कुनै पनि कार्य सफलता, सहज जीवनयापन, काम प्रति खुसि र सुखिका साथ सतकर्ममा पुग्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मुस्कान आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मानिसले असल व्यतिmको संगत, आहार बिहारमा ध्यान दिनु पर्ने, सम्मानित व्यक्तिमा आदरसत्कार गर्नुका साथै मानवीय व्यवहार अनुसरण गर्नु पर्नेमा जोड दिइयो । विद्यालयमा पाठ्यक्रमलाई मात्र नभई विज्ञान र अद्यात्मिक शिक्षालाई समन्वय गरी अगाडि बढ्नु पर्ने, कसैलाई अप्ठ्यारो पर्दा निःस्वार्थ भावनाका साथ सहयोग गर्ने, आफुले गरेको सहयोगको बर्णन गर्न नहुने, जस्ता अनुशासन, नैतिकताका साथै सत्कर्ममा बिशेष जोड दिने जस्ता विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रमले मानिसले गलत बाटोलाई छोडेर सहित सत्य बाटो खोज्न, विद्यार्थीहरुले पढ्ने कामलाई अरुको लागि नभई आफ्नै लागि हो भन्ने सोचको विकासका लागि प्रेरणाका रुपमा भूमिका खेलेको विद्यालयकी शिक्षक भगवती शर्माले बताइन् । नेरा माविका प्रधानाध्यापक निराजन चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्मकुमारी चन्दन भाईजी, ब्रह्मकुमारी कृष्ण भाईजी लगायत नेपालगञ्ज, कोहलपुर, गुलरिया लगायतका ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयका प्रतिनिधीहरु, विद्यालयका शिक्षक विद्यार्थी अभिभावकहरुको सहभागिता रहेको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बाँसगढीकी प्रमुख ब्रह्माकुमारी पुष्पा दिदीको मुख्य भूमिकामा बाँसगढीमा मुस्कान आदानप्रदान कार्यक्रम गरिएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ माघ २५ गते मंगलबार