15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

काठमाडौँबाट सर्लाहीतर्फ र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेका बस जुद्धा ६५ यात्रु घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २३, २०७३  

असोज, २३ हेटौँडा । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अन्य सामान्य चोटपटक लागेका यात्रुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतवार, अशोज २३, २०७३     8:08:00 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *