6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

‘काया कल्प’ मा कल्पिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३  

समीक्षा

विष्णु पादुका
पेशाले स्वास्थ्यकर्मि कल्पना बान्तबाको यसै साउनमा प्रकाशित कृति कायाकल्य पढ्ने मौका मिल्यो । मेरो नेपाली साहित्यका नविनतम पुस्तक पढ्ने इच्छालाई छोरीले बुझेर ल्याइदिँदा ३५० रुपैयाँको पुस्तक मलाई वहुमूल्य लाग्छ । फाइनप्रिन्ट विशाालनगर काठमाण्डौबाट प्रकाशित उपन्यास पढ्न सुरुगरी हालेँ बिट नमारी चित्तै बुझेन । रातै बिताएर यदि सकेको न भनौ लगातार १० घण्टा पुस्तक पढे्को मेरो पहिलो अनुभव रह्यो । समालोचना नै गर्न चाहेको त छैन तर पढी सक्दा नसक्दै मनमा उठेका भाव कोर्न मन लाग्यो ।
स्कुले पढाइ सकेर लिल बहादुरको बसाई पढ्दा उपन्यास साहृै राम्रो लाग्ने विधा मान्दथें । त्यसपछि केहि अन्य उपन्यास पनि पढ्ने रहर जाग्यो । ‘कल्याणी धरती’, ‘चिना हराएको मान्छे’, ‘सेतो धरती’, ‘अन्तरमनको यात्रा’ लामो समय लगाएर पढेथें । लगातर नछोडी पढको अर्को पुस्तक थियो ‘पल्पसा क्याफे’ । एउटी नायिका भनांै वा नारी चरित्रको मनलाई सबै कोणबाट देख्न सकिने ‘काया कल्प’ पढिरहँदा म पुरुष पात्र वा पाठक हुँ भन्ने मान्नु हुँदो रहेन्छ । मानवीय सम्वेदना लैङ्गिक हँुदैन भन्थे साँच्चै लाग्छ पुस्तक पढ्दा । भाषाशैली आधुनिक भनांै अंग्रेजी शब्दहरु भरमार प्रयोग भएपनि दाँतमा ढुङ्गा लाग्दैनन् ।
पूर्वी मधेश, काठमाण्डौ, अनि हङकङका प्रकृतिहरु यात्रासंगै सयर गर्न सकिन्छ । प्रेमलाई प्रमुखता दिइएको पुस्तकका पात्रहरु सबै चिनेकै जस्ता लाग्नु पाठकलाई आफ्नै कथा कसैले लेखेको अनुुभूति, भावविहृल बनी तरक्क आँशु चुहाउने क्षमता राख्नु एउटा पुस्तकको महान उपलब्धी हो जस्तो लाग्छ । पुस्तक नै उपलब्ध नहुने पाठक मित्रहरुका लागि सम्झेर, खोजोर पढे हुने बनाउन अलिकति कथानकता पछ्याउनै पर्छ । पूर्वी तराईमा बसोबास रहेकी नव यौवना स्टाफ नर्स पढी, वि.एन.नर्सिङ पढ्दै गर्दा आगलागीमा परी घरबास उठिबास भएको, घरमा भाइ बैनी बुवा आमा विचल्लीमा परी काठमाण्डौमा पढ्दै रहेकी काया मर्माहित भएको सुरुवातीसंग आर्थिक अवस्था सुधार्न हङकङ आवागमन, हङकङमा भोगेको राम्रो र नराम्रोको फेहरिस्त, अन्तमा प्रणयको प्रेम प्रस्ताव, स्वीकार र अस्वीकार अनि त्यसैको कारण वेसमयमा नेपाल फर्काइ, क्षमतावान मान्छेहरु विदेशमा गएर नसोचेका काम गर्दाको पीडा, प्रणयको आफन्तबाट नजाँनिदो तिरस्कार र विछोड, पटक–पटकको स्टाफ नर्सको जागिर खाने छाड्ने वातावरणको सिर्जना, कहिले जागिरले प्रेम, कहिले प्रेमले जागिर चौपट पारेका घटना विवरणले आधै जसो पुस्तक ओगटेको छ ।
कायाको घर परिवार र आमा प्रतिको उत्तरदायित्वले केहि अंश बाहेक बाँकि रहेको अधिकाँस विषय एउटा गैरसरकारी सस्थामा कार्यरत विवाहित पुरुष वनमाली सरको वरिपरि घुम्दै उसँगको चौध वर्ष लामो प्रेम यात्रा निश्फल रहेको देखाइएकोे छ । रुक्मी
(वममालीको श्रीमती) हुँदा हुँदै अर्को नयाँ आकर्षक शरीरको भोको पुरुष पात्र स्नार्थी देखाइए पनि काया दोश्रो श्रीमतीको रुपमा स्थापित हुने उपक्रम प्रेमकै नाममा उत्तम कर्म मानिदैन । प्रेम गर्नेहरु आपूmले जे सही देख्नछन् त्यहि कुराले प्राथमिकता पाइरहेको देखिन्छ ।
लेखिकाका केहि लेख रचनाबाट प्रभावित भई इमेलमा एथार्थ फाइललाई पाण्डुलिपी बनाएर लेखिएको भनिएको ‘काया कल्य’, ‘सेतो धरती’ बाट प्रभावित देखिन्छ । कल्यना बान्तवाकी आफ्नै साथीले भनेको कथा हो कि भन्ने शंकाले र मनसँगको सानिध्यता, कहि आइमाइहरु बीच हुने लोग्ने मान्छे र यौन अनि मातृ वान्सल्यबाट रुझ्न नपाएकाहरुको वार्तालाप श्लील नै मानिन्छ ।
घरपरिवारको उल्लेख्य विवरण भएर पनि कायाको बावु टाढा भएको विषय ओझेलमा परेको छ । लोग्ने मान्छेहरु सबै एकै सोच प्रणय, वनमाली, सम्यक आदिपात्रहरु फरक चरित्र एकै रात मै छाताछुल्ल हुने वनमाली, जीवनकै हुटहुरी छुटेको सम्यक पनि प्रेमको यात्राको मामिलामा लचिलो र रसिलो देखिनु मानवीय स्वभाव नै हो । माया र प्रेमको नाममा प्रेमी, स्वघोषित लोग्नेले भनेको मानिरहनु, रक्स्याहासँगको नियमित कचकचले अभ्यस्त भएका कुरा सामान्य लाग्दछन् तर उसै प्रेमीको बच्चा हुने विषयवस्तुको उठान मात्र छ । आफ्नै माया र प्रेमको खातिर आफ्नै भ्रुण वा वंश नास गरिरहने कायाप्रति समवेदना भन्दा बढी रिस उब्जन्छ पाठकमा ।प्रेमीसँगको सानिध्यतालाई यौन वा सम्भोगिक अर्थमा नलिएर खाली प्रेम र माया भनिएकोमा पाठकलाई के सन्देश दिइएको हो बुझ्न सकिदैन । लेखन शैली सरल र सरस छ । लेखिकाको पहिलो कृति भएर नै होला उनको व्यवसायिकताकै वरिपरि घुमिरहेको छ कथानक । उपन्यासको ठाउँठाउँमा इमेल र फोनका कुरा उल्लेख भएपनि सोह्र वर्ष पहिलेको कथा देखाएर मोवाइलको प्रयोग अन्त तीर मात्र देखाइएको छ । आफ्नो खुट्टामा उभिने क्षमता राख्ने काया लोग्ने मान्छेको करकापमा ‘एवोर्सन’ जस्तो अमानवीय काम रोक्न ठूलो कदम नउठाइउकोमा नारी हस्ताक्षर बाटै नारीलाई कमजोर देखाइएको महसुस हुन्छ । प्रेममा पटक–पटक उपेक्षति काया आफ्नो प्रेमलाई थाति राख्न ‘एवोर्सन’ गर्नुले उपन्यासको सवल पक्षमा ह्रास आएको छ भने अन्ततिर भएपनि महिला हकहित र क्रान्तिको झझल्को झुल्काइएको भए उपन्यासको स्वरुपमा केहि फरकपन आएपनि सफलता पाउँथ्यो । यसो भनेर कायाकल्प सस्तो मनोरञ्जनको फेहरिस्त भन्न खोजिएको होइन यद्यपि अमूल्य समय, मूल्यवान पुस्तक किनेर पढ्न चर्चा परिचर्चा त हुन आवश्यक नै छ जुन कुरा उपन्यासको अन्तमा चुकेको आभास हुन्छ । पाठकको मनले कायाले एकपटक त पुरुष भनाउँदाहरुसँग बदला लिन्छे होला भन्दाभन्दै उपन्यासको यथार्थ पात्र भेटिएर अन्त हुन्छ । उपन्यासमा यस्तै विषय नै हुनुुपर्ने भेनर पाठकले छेकवार वा भन्नुँ कथानकलाई तोडमोड गर्नु त हुँदैन् तर अपेक्षा रहिरहन्छ जुन ‘काया कल्प’ ले पुरा नगरे झै लाग्छ ।

प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३     11:06:46 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *