रावन विश्वकर्मा
बाँसगढी, भदौ ३०
बाँसगढी नगरलाई हरित नगरपालीका बनाउने उद्देश्यका साथ बुधबार माछागढ बजारबाट वृक्षारोपन गरी उद्घाटन गरिएको छ । स्थानीय विकास अधिकारी तेजराज शर्माले माछागढ बजारमा वृक्षारोपन गरी हरित नगरपालीका बनाउने अभियानको उद्घाटन गरेका छन । बाँसगढी नगरपालीकाको निर्णय अनुसार बाँसगढीलाई हरित नगर बनाउने बहुवर्षिय योजना अन्र्तगत यसवर्षको १ लाख बजेटले नगरपालीकाको पश्चिम तर्फबाट अभियान सुरु गरीएको छ । बाँसगढी नगरपालीकाले बाँसगढी उद्योग बाणिज्य संघ बर्दियालाई हरित नगरपालीका बनाउ अभियानको जिम्मेवारी दिएको छ । बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाले आयोजना गरेको कार्यक्रममा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काले बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष कटक बिसीलाई बिरुवा हस्तान्तरण गरेर जिम्मेवारी दिएका छन । हरित नगरपालीका बनाउने अभियान उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सुरुवात गर्ने ठुलो कुरा होईन, वृक्षारोपन गर सकेपछि त्यसलाई हुर्काउने बढाउने महत्वपुर्ण कुरा हो भने भनाई राखेका थिए । उनीहरुले जसरी आमा बुवाले आफ्नो बालबच्चालाई जन्मदिएर पालन पोषण गर्नु पर्छ त्यसरी नै आफुले रोपेको बिरुवालाई गोडमेल मलजल गर्नु पर्ने बताएका थिए । कार्यक्रममा एमाले जिल्ला सचिव शालिकराम अधिकारी, युवा संघ बर्दियाका अध्यक्ष धु्रब थपा, स्थानीय राजनितिक दलका प्रतिनिधि, बुद्धिजीबि, स्थानीय उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ३०, २०७३